दफा
प्रतिशत निर्धारण गरी परीक्षा सञ्चालन गर्न लेखी पठाउने
(१) दफा ८ बमोजिम माग प्राप्त भए पछि आयोगले सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको पदपूर्तिको लागि सेवा सम्बन्धी प्रचलित कानूनमा उल्लेख भएको प्रतिशत बमोजिम खुला वा आन्तरिक प्रतियोगितात्मक परीक्षा तथा बढुवाद्धारा पूर्ति गरिने पदसंख्या निर्धारण गर्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिम खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न छुट्याइएको पदमा सिफारिस गर्न उपयुक्त उम्मेदवार छनौटको लागि परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगमा लेखी पठाउनेछ ।